अभियन्ता शर्मिला वाइबामाथि काँडाघारीमा आक्रमण

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि बुधवार राति काठमाडौंको काँडाघारी क्षेत्रमा आक्रमण भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वाइबामाथि आक्रमण गर्ने व्यक्ति उनकी पुरानी सहकर्मी शर्मिला श्रेष्ठ राई हुन् ।

पक्राउ पर्न बाँकी रहेकी राईले वाइबामाथि लेनदेनको विषयमा विवाद हुँदा लोहेको रेन्चु प्रहार गरेकी थिइन् । घटनामा वाइबा सामान्य घाइते भएकी छिन् । प्रहरीका अनुसार घटना राम मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमा भएको हो ।

प्रहरी स्रोतले जनाए अनुसार वाइबा र श्रेष्ठ पहिले सँगै बस्ने गरेका थिए । वाइबा हाल बौद्धस्थित स्तुपा अस्पतालमा चिकित्सकीय अवलोकनमा रहेकी छन् भने आक्रमणपछि राई फरार छिन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र दोषीको खोजी जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?