२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

आइसिसी यु-१९ पुरुष क्रिकेटमा नेपालले हङ्कङलाई हरायो

काठमाडौँ- आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ । आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । हङ्कङले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे ।

नेपालका लागि नीरज यादवले २३ रनको योगदान दिए । नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ । हङ्कङका लागि शयन पुरीले एक विकेट हात पारे । तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो । हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?