२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

भक्तपुरमा नवौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव भव्य रुपमा जारी

भक्तपुरमा नवौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव भव्य रुपमा जारी
१ लाख ५० हजारभन्दा बढीले गरेका छन् अवलोकन, बैशाख १३ मा हुने विशेष सांगीतिक साँझको तयारी


भक्तपुर, । ऐतिहासिक सहर भक्तपुरको सल्लाघारी तीनकुनेमा आयोजना गरिएको नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव दर्शकहरूको अपार उपस्थितिका साथ भव्य रूपमा सञ्चालन भइरहेको छ। करिब १०८ रोपनी क्षेत्रफलमा फैलिएको महोत्सव स्थलमा पछिल्ला तीन दिनमै १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्।

चैत २८ गतेदेखि सुरु भएको महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न भइरहेको यस ११ दिने महोत्सवको उद्देश्य स्थानीय उत्पादन, कृषि, पर्यटन, हस्तकला र उद्योगको प्रवर्द्धन गर्नु रहेको आयोजकहरू बताउँछन्।

संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार नयाँ वर्षको आगमनसँगै महोत्सवमा उल्लेखनीय भीड देखिएको छ, जसले स्थानीय तथा राष्ट्रियस्तरमा यसको प्रभावकारिता पुष्टि गर्छ।

व्यापारिक विविधता र प्रविधिको प्रदर्शन

महोत्सवमा दैनिक उपभोग्य सामग्रीदेखि लिएर अत्याधुनिक प्रविधिसम्मका वस्तुहरू बिक्री र प्रदर्शनमा छन्। खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, जुत्ता, हस्तकला र कृषि सामग्रीदेखि सूचना प्रविधि, अटोमोबाइल, आधुनिक कृषि उपकरण, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीसम्मका स्टलहरू दर्शकको आकर्षणको केन्द्र बनेका छन्।

कुल १५० स्टलहरूमार्फत २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुटमा सामानहरू बिक्री भइरहेको छ, जसले उपभोक्तालाई थप आकर्षण प्रदान गरिरहेको छ।

स्थानीय स्वाद र संस्कृति महोत्सवको विशेषता

संयोजक दीपक थापाका अनुसार स्थानीय हस्तकला, कृषि उत्पादन र संस्कृति महोत्सवको मूल आत्मा हुन्। ‘स्थानीय खाना महोत्सव’ मार्फत नेवारी परिकारहरूदेखि अन्य क्षेत्रीय स्वादहरू दर्शकलाई परोसिएका छन्। हरेक साँझ राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हाँस्यव्यङ्ग्य, नृत्य तथा नवप्रतिभा प्रोत्साहन कार्यक्रमहरू सञ्चालनमा छन्।

परिवारका लागि मनोरञ्जनको खानी

महोत्सवमा पारिवारिक मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको छ। बालबालिकाका लागि बाल उद्यान, खेलौनाका स्टलहरू, रोटे पिङ, ड्रागन ब्रेक डान्स, रेनजर र मारुती सर्कसजस्ता कार्यक्रमहरूले वातावरणलाई जीवन्त बनाएका छन्।

विशेष सांगीतिक साँझको तयारी

बैशाख १३ गते ‘भक्तपुर सांगीतिक साँझ–२०८२’ को आयोजनामा ख्यातिप्राप्त गायक–गायिकाहरूको विशेष प्रस्तुति हुनेछ। यसले महोत्सवको आकर्षणलाई अझ बढाउने विश्वास आयोजकको छ।

महोत्ववको प्रभाव र महत्व

भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक पहिचानलाई एउटै थलोमा समेट्दै यो महोत्सवले स्थानीय उत्पादनलाई बजार दिने, पर्यटन प्रवर्द्धन गर्ने र सर्वसाधारणका लागि रमाइलो गन्तव्यको रुपमा आफूलाई स्थापित गरिरहेको छ।

आयोजकहरूका अनुसार आगामी वर्षहरूमा महोत्सवलाई अझ व्यवस्थित, समावेशी र अन्तर्राष्ट्रिय सहभागिता हुने गरी विस्तार गर्ने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?