२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ मनाइने

नगरकोट । नयाँ वर्ष २०८२ को अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ मनाइने भएको छ। यस अभियानलाई वैशाख १ गते राष्ट्रपती रामचन्द्र पौडेलले औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।

शुक्रबार नगरकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरेका हुन्।

भ्रमण वर्षको मूल उद्देश्य नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नु रहेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जानकारी दिनुभयो। उहाँका अनुसार भ्रमण वर्षका सम्पूर्ण तयारी पूरा भइसकेको छ भने यस वर्षको अन्त्यसम्ममा नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गराउने लक्ष्य लिइएको छ।

भ्रमण वर्षभित्र एक लाख अन्तर्राष्ट्रिय र दश लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यस उद्देश्यसहित नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु गरिसकिएको र आन्तरिक पर्यटकलाई थप सहुलियत दिने योजना बनाइएको वाइबाले बताउनुभयो।

होटल व्यवसायीहरूद्वारा नयाँ वर्षको पहिलो तीन दिन (वैशाख १, २ र ३ गते) होटल बुकिङमा १५ प्रतिशत छुट र भ्रमण वर्षभर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि १० प्रतिशत छुट दिने घोषणा गरिएको छ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको सहकार्यमा सञ्चालन हुने यो भ्रमण वर्षले नगरकोटको पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?