तीनकुने हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाई र अंगरक्षक दीपक खड्का पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा फरार रहेका दुर्गा प्रसाई र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार उनीहरूलाई आज (चैत २९ गते) झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएको हो। दुर्गा प्रसाईमाथि राज्य विरुद्धको अपराध तथा संगठित आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप छ। यस्तै, सोही घटनामा संलग्न प्रसाईका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको हो ।

तीनकुनेमा भएको प्रदर्शन शान्तिपूर्ण नभई हिंसात्मक रूप लिएको थियो, जसले सार्वजनिक शान्ति सुरक्षामा चुनौती सिर्जना गरेको प्रहरीको दाबी छ। सो घटनासँग सम्बन्धित अन्य पक्षहरूमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका दुर्गा प्रसाई र उनका अंगरक्षकलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई संगठित अपराध ऐन तथा विद्यमान कानुनी प्रावधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. डिनेश कुमार आचार्यले हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त जानकारी सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?