२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

मछिन्द्रनाथको रथ जात्रा सुरु

काठमाडौं- सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। काठमाडौँ उपत्यकामा मात्र मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा अनुसार मछिन्द्रनाथको रथ साँझ जमलको तीन धाराबाट तानेर असनसम्म लगियो ।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।

वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।

रथ यात्राको दोस्रो दिन भोलि असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ ।पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइ जात्रा सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?