२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

उच्च अदालतको आदेशविरुद्ध रास्वपा सर्वोच्च जाने

चितवन । सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध रास्वपा सर्वोच्च अदालत जाने भएको छ । पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने बताएका हुन् ।

वाग्ले भने, ‘आजको कार्यक्रम खल्लो भएको छ । यहाँ मेरो ठाउँमा रवि लामिछाने हुनुपर्ने थियो । उहाँको मुद्दालाई अस्त्रीकरण गरिएको छ । उहाँले हिरासत बस्दा ८४ दिन केके भयो, सुनाउने भन्नु भएको थियो । त्यही भन्न नदिन हिजो हतकण्डा अपनाइयो । अब रविजीकै सल्लाह बमोजिम अघि बढ्छौँ । पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौँ ।’

रविको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि उनले बताए । ‘उहाँको सांसद पद निलम्बनमा राखिएको छ । आज पूर्पक्षका लागि थुनामा पठाएपछि प्रतिनिधिसभाको कुनै नियमावलीलाई फेरि टेक्ने बुझिएको छ’ वाग्लेले भने, ‘सांसद पदको मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने गरी अघि बढ्ने प्रण गरेका छौँ ।’ उनले अहिलेको सरकारको औचित्य नभएको भन्दै यसको निकास खोज्न रास्वपा तयार भएको बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार साँझ रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेसँगै उनलाई प्रहरीले शुक्रबार साँझ नै निवासबाट पक्राउ गरेको थियो । उनलाई शनिबार बुटवल पु¥याइएको छ । आज र भोलि सार्वजनिक विदा भएकाले रविलाई सोमबार अदालत पेश गरिने छ । त्यसपछि उच्च अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?