३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

पत्रकार महासंघ भक्तपुरद्वारा हिंसात्मक प्रदर्शनका घटनाप्रति गम्भीर ध्यानाकर्षण

भक्तपुर, । नेपाल पत्रकार महासंघ भक्तपुरले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै घटनामा संलग्नलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ।

घटनाका क्रममा अराजक समूहद्वारा विभिन्न सञ्चारगृह र सञ्चारकर्मीलाई निशाना बनाइएको थियो। पत्रकार महासंघ भक्तपुरले उपलब्ध गराएको विवरणअनुसार घटनामा निम्न क्षति पुगेको छः

१. पत्रकार सुरेश रजक भिडिओ खिच्ने क्रममा आगोले जलेर मृत्यु।
२. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनमा आगजनी तथा ढुंगामुढा।
3. कान्तिपुर टेलिभिजनको भवनमा तोडफोड।
4. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड।
5. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको।
6. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको।

महासंघले यस घटनालाई गम्भीर रुपमा लिँदै मृतक पत्रकारको हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यममा क्षति पुर्याउने सबैलाई कानुनी दायरामा ल्याउन तथा घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

यसैगरी, विगतका घटनाहरूमा संलग्न दोषीहरूमाथि तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाका लागि ठोस कदम चाल्न महासंघले जोडदार माग गरेको छ। एक साताभित्र माग पूरा हुने विश्वसनीय आधार निर्माण नभए देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?