२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध

कञ्चनपुर । पत्रकार सुरेश रजकको विभत्स हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा शुक्रबार भएको र्‍यालीले पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोध गरेको हो।

गत शुक्रबार राजावादी आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीहरूले काठमाडौँको तिनकुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाई हत्या गरेका थिए। त्यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायतका सञ्चार गृहमा समेत तोडफोड गरिएको थियो।

घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग गर्दै पत्रकार महासंघ कञ्चनपुरले महेन्द्रनगर बजार परिक्रमा गरी मदनचोकमा कोणसभा सम्पन्न गरेको थियो। कोणसभामा पत्रकार महासंघका प्रतिनिधिहरूले लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामाथि आक्रमण गरी अराजकता मच्चाइएको भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?