२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सभापतिका उम्मेदबार अवस्थी

कञ्चनपुर, १३ चैत्र : २७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार टुङग्याएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अग्नी)ले क्रान्तिकारी नेता हेमराज अवस्थीलाई सभापतिको उम्मेदवार बनाउने गरेर घोषणा गरिएको बताए । ‘अहिले हामीले सभापतिको उम्मेदवारको टुङगो लगाएका छौँ, ‘उनले भने, ‘केही दिनमै बाँकी पदाधिकारी सदस्य पनि टुङगो लगाउँछौँ ।’

संगठन दर्ता, सभापतिको उम्मेदबार टुङगो लगाएसंगै क्रान्तिकारी चुनावी तयारीमा जुटेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले बताए । सभापतिका उम्मेदवार टुङगो लगाएको अखिल क्रान्तिकारीका नेता हेमराज अवस्थीलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट सहित माओवादी एव अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले बधाई तथा अग्रीम शुभकामना दिएका छन । अवस्थी सुपवि केन्द्रीय क्याम्पस स्नाकोत्तर तहमा अध्ययनरथ छन । सुपवि स्थापनाको १४बर्ष अर्थात पहिलो पटक स्ववियु निर्वाचनमा १० विद्यार्थी संघ संगठन होमिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?