कञ्चनपुर – नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुर जिल्लाको ११ औँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ।
निवर्तमान अध्यक्ष राजेन्द्र प्र. पण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रम परिषद्का सचिव उत्तम बिष्टले सञ्चालन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य निरु देवी पाल रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा नेकपा एमाले केन्द्रीय सदस्य नर बहादुर धामीको उपस्थिति रहेको थियो।
अधिवेशनबाट भवराज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा गिरीश देव भट्ट, सचिवमा धर्मानन्द भट्ट, सहसचिवमा विन्देश्वरी चन्द र कर्ण बहादुर रोकाया तथा कोषाध्यक्षमा गणेश जोशी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा नवराज जोशी, गङ्गा प्रसाद रिजाल, जनक बहादुर विष्ट, राम आश्रय राना, सरस्वती चन्द भट्ट र दीर्घराज घिमिरे चयन भएका छन्। नवगठित कार्यसमितिले बुद्धिजीवी परिषद्लाई अझै सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
हाललाई १३ सदस्यीय समिति गठन गरिएको भए पनि पछि थप सदस्यहरू मनोनयन गरिने बताइएको छ।