१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

देशभर १० लाख घरधुरीमा वर्ल्ड लिङ्कको इन्टरनेट विस्तार, महेन्द्रनगर शाखाद्वारा खुसी साटासाट

कञ्चनपुर – नेपालको एक अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेडले देशभर १० लाख घरधुरीमा आफ्नो इन्टरनेट सेवा जडान गरेको छ। यो महत्त्वपूर्ण उपलब्धिलाई कम्पनीले आफ्नो सेवाको विस्तार र ग्राहकप्रतिको प्रतिबद्धताको एक कोसे ढुङ्गाको रूपमा लिएको छ।

यसै अवसरमा वर्ल्ड लिङ्कको महेन्द्रनगर शाखाले पनि आफ्ना ग्राहकहरूसँग खुसी साटासाट गरेको छ। महेन्द्रनगर शाखाले आफ्नो पुरानो र विश्वासिलो ग्राहकको सहभागितामा केक काटेर यो सफलताको उत्सव मनाएको हो। शाखाका प्रमुख धनराज उपाध्यायले यो विशेष क्षणलाई ग्राहकहरूसँगै मनाउन पाउँदा गर्व महसुस भएको बताए। “हाम्रा ग्राहकहरूको विश्वास र साथले नै यो सम्भव भएको हो। दस लाख घरधुरीमा इन्टरनेट जडान गर्नु हाम्रा लागि ठुलो उपलब्धि हो र यो खुसी हामीले महेन्द्रनगरका पुराना ग्राहकहरूसँग बाँड्न चाहेका छौँ,” उनले भने।

वर्ल्ड लिङ्कले आफ्नो गुणस्तरीय सेवा र ग्राहकमुखी नीतिका कारण छोटो समयमै यति ठुलो सङ्ख्यामा प्रयोगकर्ताहरूको मन जित्न सफल भएको छ। महेन्द्रनगर शाखाको यो पहलले स्थानीय स्तरमा पनि कम्पनीप्रति ग्राहकको विश्वास र आत्मीयता झल्काएको छ।
Prakash

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (89%)
  • दुःखी (11%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?