ट्रम्प लाइ चुनौती, सैन्य अभ्यास गर्दै इरान

इरानले हालै सम्पन्न गरेको सैन्य अभ्यासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिएको छ। यस सैन्य अभ्यासमा इरानले हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र, र ड्रोनहरूको परीक्षण गर्दै आफ्नो सैन्य क्षमतामा वृद्धि गरेको छ।

सन् २०१८ मा राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई देशबीचको तनाव बढ्दै गएको थियो। इरानले आफ्नो सैन्य क्षमता बढाउँदै गएको र यसले मध्यपूर्वमा अस्थिरता निम्त्याउने पश्चिमा देशहरूको चिन्ता रहेको छ।

इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पनि इरानको सैन्य र क्षेप्यास्त्र क्षमतामा थप विकास आवश्यक रहेको बताएका छन्। उनले अमेरिकाबाट आएको धम्कीहरूको सामना गर्न इरानको रक्षा शक्तिलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

यस सैन्य अभ्यास र क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष चुनौती दिएको र दुई देशबीचको तनावलाई अझ चर्काउने संकेत गरेको छ । विश्लेषकहरूका अनुसार, इरानको यो कदमले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?