अहिले देशैभरि स्ववियु चुनावको क्याम्पस तथा विश्वविद्यालयमा चहलपहल बढेको छ । यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तह गरेको छ ।
यसैका लागि विभिन्न दल निकट विद्यार्थी संगठन निर्वाचनमा होमिएका छन् । यो माहोल सुदुरपश्चिममा पनि तातिएको छ । यसै बीच सुदुरपश्चिममा क्याम्पसको स्ववियु चुनावको लागि जनप्रतिनिधि तथा सरकारी कर्मचारी समेत भोटका लागि सक्रिय भएपछि विप्लव निकट अखिल समाजवादीले विरोध जनाएको छ ।
अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष तथा सुदुरपश्चिम इन्चार्ज बर्बर जंग सिंहले स्ववियु चुनाव सत्ता वा सरकारको नभई युवा विद्यार्थीको हुनुपर्ने बताएका छन् । उनले चुनावलाई स्वतन्त्र र स्वच्छ बनाउनुपर्ने माग गर्दै जनप्रतिनिधि र कर्मचारीले विभिन्न प्रलोभन देखाएर विद्यार्थीलाई आतङ्कित पार्ने काम बन्द गर्न सरोकारवालालाई चेतावनी दिएका हुन्।
सिंहले संसदीय पार्टीका नेताले टीका लगाएर आफ्नो संगठनले उम्मेदवार खडा नगरेको भन्दै अखिल समाजवादीका सक्षम र योग्य उम्मेदवारलाई भोट दिन सबै विद्यार्थीलाई अपिल समेत गरेका छन् । विगतमा जितेर समेत कुनै काम गर्न नसक्नेले अहिले आएर मोटो पैसा परिचालन गरी चुनाव जित्ने चेष्टा गर्न असल विद्यार्थीको भविष्यमाथि को खेलवाड भएको उनको भनाइ छ ।
“संसदीय पार्टीहरुले आफ्ना संगठन र स्ववियु उम्मेदवारहरु राजनीतिक पार्टीको पृष्ठभूमि सहित एकिन गरेर आफ्ना पार्टी कार्यालयबाट घोषणा गरेको छ। भने हामिले विद्यार्थीको बीचबाट शैक्षिक क्षत्र एवं विद्यार्थीको हक अधिकार सुनिश्चित गर्ने गरि क्षमतावान विद्यार्थी नेतृत्व अगाडि सारेका छौं। कसलाई मतदान गर्ने विद्यार्थीलाई छुट्याउन कुनै गाह्रो नहुने कुरा हो र विद्यार्थीले मतदान अखिल(समाजवादी) गर्न आग्रह छ ।” सिंह ।














