३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

सुदूरपश्चिम विश्वविद्यालय दीक्षान्त समारोहकै मुखमा सत्तापक्षका प्राध्यापक आन्दोलित

कञ्चनपुर, फागुन २१ : २५ फागुनमा सुदूरपश्चिम विश्विश्वविद्यालयले पाँचौँ दीक्षान्त समारोह गर्दैछ । दीक्षान्त समारोहको चटारो चलिरहेका बेला सत्ताधारी नेपाली काँग्रेस निकट प्राध्यापक आन्दोलित भएका छन । बुधबार प्रजातान्त्रिक प्राध्यापक संघ नेपालले सुप विश्विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका छन ।

उनीहरुले उपकुलपति डा. हेमराज पन्त, रजिष्ट्रार यज्ञराज पाठकसंग विगतमा प्राध्यापक संघले अघि सारेका माग ढिलाई भएको भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल सुपवि इकाई सभापति मदन देउपाले विगतमा संघले उपकुलपति पन्त, रजिष्ट्रार पाठकलाई लिएको माग पत्र बारे सुनुवाई नहुँदा छलफल गरेको बताए । उनका अनुसार आन्तरिक तथा खुला प्रकृयाबाट शिक्षक, कर्मचारीको भर्ना, बढुवादेखिका नियमित कामकाज गर्नुपर्ने बताए ।

‘सेवा आयोगले अडकाएको कामकाज अघि बढाउनुपर्ने भन्दै हामीले गम्भिर ध्यानाकर्षण गराएका छौँ, ‘उनले भने, ‘हामीले नियमित कामकाज मात्रै अघि बढाउँ भनेका छौँ ।’ देउवाले आफ्ना मागमा विश्वविद्यालय गम्भिर नहुँदा कडा रुपमा चेतावनी दिएको बताए । यसरी तपाईहरुले दीक्षान्त समारोहकै मुखमा आन्दोलन गर्दा कतै दीक्षान्त समारोह प्रभाव त हुने होईन भन्ने प्रशनमा उनले त्यही भएर तालाबन्दीदेखिका कडा आन्दोलन नगरिएको बताए ।

सुुदूरपश्चिम विश्वविद्यालका रजिष्ट्रार यज्ञराज पाठकले प्राध्यापक संघले अघि सारेका माग सेवा आयोगमा प्रकृयागत रुपमा अघि बढिरहेको बताए । ‘प्राध्यापक संघका साथीहरुले अघि सारेका मागमा सम्बोधन हुन्छ, ‘उनले भने, ‘बजारमा आएका हल्ला मात्रै हुन, यस आन्दोलनले दीक्षान्त समारोहमा प्रभाव पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?