२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

फागुन १३ : प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी(आकास) चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी चयन भएका हुन ।

डडेल्धुराको आलितालमा मंगलबार सम्पन्न भएको प्रेस सेन्टर प्रदेशको तेस्रो अधिवेशनबाट युवा पत्रकार जोशी सर्वसम्मत भएका छन । खुला उपाध्यक्ष कर्ण बहादुर चन्द, समावेसी उपाध्यक्ष मुकेश टेर्रा(थारु), महासचिव तेजराज भट्ट, सचिवहरु पहिलाद राना, पदम सुनार, होम साउद, ललित बोहरा, सुबास कठायत,कोषाध्यक्ष दिपकराज अवस्थी चयन भएका छन ।

यस्तै सदस्यहरुमा पुष्कर भट्ट, महेश बम, ईन्द्र साउद, होम योगी, पदम बोहरा लगायत रहेका छन । झण्डै डेढ दशक जिल्लादेखि राष्ट्रियस्तरसम्मै पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपाल सुप प्रदेशका अध्यक्ष केशवराज जोशीले समग्र पत्रकारको हकहितका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । प्रेस सेन्टर नेपाल सुप प्रदेशका निर्वतमान अध्यक्ष भुवन बोहराको अध्यक्षतामा शुरु भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रेस सेन्टरका नेताहरुले श्रमजिबी पत्रकारहरुको हकहितका साथै पेशागत सुरक्षाका क्षेत्रकाम गर्दै जनजिविका क्षेत्रमा मुद्दा उठानमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?