२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

शुक्लाफाँटा होटल व्यवसायी संघको अध्यक्षमा भण्डारी

भोजराज जोशी, माघ २८ : कञ्चनपुर शुक्लाफाँटा होटल व्यवसायी संघको अध्यक्षमा बासु भण्डारी सर्वसम्मत चयन भएका छन । सोमबार झलारीमा सम्पन्न भएको शुक्लाफाँटा होटल व्यवसायी संघको ९औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्ष तेजराज भट्ट, जमानसिह कार्की, सचिव महेश विष्ट(जेनल), कोषाध्यक्ष कर्ण बहादुर कार्की, सह सचिव रतनलाल राना, सदस्यहरु नर बहादुर साउद, भोजराज भट्ट, कौशिल्या देवी थापा, सुरेन्द्र बहादुर ऐर र सोनु विश्वकर्मा रहेका छन । एक दशक बढि समयदेखि होटल व्यवसाय गर्दै आएका युवा व्यवसायी समेत रहेका शुक्लाफाँटा होटल व्यवसायी संघका अध्यक्ष बासुदेव भण्डारीले नगरका सबै होटल व्यवसायीहरुको व्यवसायिक हकहितका क्षेत्रमा काम गर्नुका साथै ग्राहकलाई गुणस्तरिय खाद्यान्न उपलब्ध गराउने भूमिका प्रण गरेका छन ।

शुक्लाफाँटा होटल व्यवसायी संघका अध्यक्ष नैनसिह बोहराको सभापतित्वमा भएको कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रीय सदस्य जगदिश भट्ट प्रमुख अतिथि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?