थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा चौधरी

माघ २६ : थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी चयन भएका छन । शनिबार कृष्णपुरमा नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन ।

उपाध्यक्ष भागीराम चौधरी, सचिव सोमलाल चौधरी, कोषाध्यक्ष मैनामती चौधरी, सदस्यहरु मदन राना, तुल्सी राम चौधरी, तेज बहादुर चौधरी, कलेसी राना, धनीराम चौधरी, रामसिह चौधरी, डल्लीदेवी चौधरी, श्रबण राना, बिमला चौधरी, सन्चे चौधरी,जग्गु चौधरी, रङगे चौधरी, लाल बहादुर चौधरी, बिन्ती राम चौधरी, पण्डी बडायक, बासुदेव राना, जग्गु राना, उपदेव चौधरी रहेका छन ।

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष एव संविधान सभा सदस्य देवीलाल चौधरीको प्रमुख आथित्यमा भएको सम्मेलनमा, माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज एव संविधान सभा सदस्य टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, पूर्व उपसभामुख निर्मला बडाल, पुर्व सासद महेश दत्त जोशी, नेता विपिन चौधरी, अमिन दहित सहितका नेता कार्यकर्ताहरु मोर्चाका नेताहरुको सहभागिता रहेको थियो । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका जोगराम चौधरीले संगठन विस्तारदेखि थारु समुदायको हकहितका क्षेत्रमा कामगर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?