समाजवादी थारु मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन वैसाख १० मा हुने

दाङ । नेकपा निकट समाजवादी थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बैसाख १० गते दाङमा उद्घाटन हुने भएको छ ।

समाजवादी थारु मुक्ति मोर्चाको आईतवार दाङमा वसेको केन्द्रीय समितिको पूर्ण बैठकले राष्ट्रिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसर पारेर बैसाख १० गते दाङमा उद्घाटन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सम्मेलनको बन्दसत्र वैसाख ११ र १२ गते हुनेछ । थारु समुदायको पहिचान झल्किने गरी थारु जातिको लोक संस्कृति र झाँकी सहित भव्य तयारी गरी उद्घाटन सत्रमा सहभागी हुने निर्णय भएको छ ।

मोर्चाको बैठकले राष्ट्रिय सम्मेलन भव्य एवम सान्दार रुपमा सम्पन्न गर्न तयारी रुवरुप आवश्यक जिम्मेवारी विभाजन समेत गरेको छ ।

वैठकले नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर सहित ९ जिल्लाको राष्ट्रिय सम्मेलन पूर्व जिल्ला सम्मेलनहरु गर्ने, प्रतिनिधि पर्यवेक्षक छनौट गर्ने, आर्थिक तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको मोर्चाले जनाएको छ ।

बैठकलाई नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज सन्तोष सीले सम्वोधन गर्दै नेपालमा दलाल पुँजीवादको प्रमुख समस्या भएकाले त्यसको अन्त्य विना कुनै पनि उत्पीडित जाति क्षेत्रको मुक्ति नहुने बताए ।

उनले सबै जातिको अधिकार समाजवादले दिने दाबी गर्दै नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापनका लागि थारु समुदायहरु एकताबद्ध हुनु पर्ने जिकिर गरे । नेता सन्तोषले नेपालमा साम्राज्यवादीहरुले विभिन्न जात जातिहरु बिच विभाजन ल्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने षड्यन्त्र गरिरहेको भन्दै त्यसप्रति थारु समुदायहरु सहित सबै सचेत हुनुपर्ने बताए । मोर्चाका संयोजक नाथूराम चौधरीको अध्यक्षतामा वसेको वैठकमा ९ जिल्लाबाट सहभागी केन्द्रीय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?