२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव भित्र सरस्वती पुजा पनि गरिने

कञ्चनपुर, माघ २० : १५ माघदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा सरस्वती पुजा पनि गरिने भएको छ । विद्यार्थीलाई मध्य नजर गर्दै महोत्सव परिसरमा सरस्वती पुजा पनि गरिने भएको आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समिति एव नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका अध्यक्ष ललित परियारले २१माघमा सरस्वती पुजा पनि भएकाले आयोजकले भित्र समेत सरस्वती पुजाका लागि व्यवस्थापन गरेको बताए । बिहान ७बजेदेखि साँझैसम्म सरस्वती पुजा गरिने आयोजकले जनाएको छ ।

‘हामीले नियमित विद्यार्थीदेखि अन्य ज्ञान आर्जन गर्नेहरुका लागि महोत्सव भित्रै विद्याकी धनी सरस्वती माताको पुजाको व्यवस्थापन गरेका छौँ, ‘एक स्टल हाम्रो सरस्वतीको फोटो राखेर पुजा गरिनेछ ।’

गत मंगलबारदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको छैटौँ दिनसम्म हजारौँ दर्शकले मेला अवलोकन गरेको र स्थानीय एव राष्ट्रिय कलाबारबाट प्रस्तुत भईरहेको छ । आयोजकले मेला अवलोकनका लागि आग्रह गरेको छ । स्थिर रहेको अर्थतन्त्र चलायमान गराउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?