रुपेश जैसवाल र सिन्दिरा जोशीलाई राष्ट्रिय बुद्धिचाल च्याम्पियनको उपाधि

सन्दिप घिमिरे

हेटौंडा । नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन प्रतिस्पर्धा सम्पन्न गर्दै नेपाललाई एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको रुपमा पुरुष र महिला राष्ट्रिय च्याम्पियन तयार गरेको छ।

हेटौंडा स्थित होटल सामनाको सभाहलमा एक साता सम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बनेका छन्। उनको यो दोस्रो राष्ट्रिय उपाधि हो ।

रुपेशले चौथो वरियतावाट खेल प्रारम्भ गर्दै सात जीत, चार बराबरी खेले। उनले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ वाट खेल शुरु गरेर ३०.२ रेटिङ्ग बढाएका छन्। समग्रमा उनको उत्कृष्ट रेटिङ्ग पर्फोमेन्स २२११ रह्यो ।

युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गरेका छन्। वतर्मान नेपाल च्याम्पियन राजन सुवेदी सँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए। झापाका राजन तेस्रो स्थानमा अडिए।

मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन्। दोलखाका आशिष् फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे। झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय वोमन च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाएकी छिन्। उनले उत्कृष्ट खेल खेली उपाधि जोगाउन सफल भएकी छिन् ।

यस्तै लामो समय चेस खेलमा व्यतीत गरेकी पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो भएकी छिन्। निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोश्रो भईन्।

बाँकेका इशा गिरिले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गरेकी हुन्। उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बनेकी हुन्।

काठमाडौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाएकी हुन्।

यसैगरी मोरङ्का शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाडौंका निहाना श्रेष्ठ दशौं भए।

यसैबीच महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बाग्मती प्रदेश सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्री मा. प्रकाश श्रेष्ठले वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद मा. एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एव अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?