२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेशको अध्यक्षमा महादेव जोशी

कञ्चनपुर, माघ १८: नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका हुन ।

बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनबाट यस अघि महासचिवको जिम्मेबारीमा रहेका जोशी अहिले नेतृत्वकै जिम्मेबारी पुगेका छन । उपाध्यक्ष बालकृष्ण जोशी , महिला उपाध्यक्ष महेश्वरी विष्ट , महासचिव धर्मराज चौधरी , सचिव समावेसी झलक दौल्याल, सचिव लक्ष्मण दत्त भट्ट, विष्णू प्रशाद जैसी , कोषाध्यक्ष रुपक खडका चयन भएका छन । साथै सदस्यमा गोबिन्दी लोथ्याल, अनुजा कुमारी जोशी, रामसिह धामी,जनकराज कलौनी, लोकेन्द्र प्रशाद भट्ट,कर्ण बहादुर जैसी, अनिल विष्ट ,चानुराम राना,नयनराज साउद,नरराज पाण्डेय,धौले सार्की चयन भएकाम छन । बेदकोट नगरपालिका सव ईन्जिनियर समेत रहेका नेपाल निजामती कर्मचारी सगठन सुप प्रदेशको अध्यक्षमा चयन भएका महादेव जोशीले प्रदेशमा संगठन चुस्त दुरुस्त राख्दै आम कर्मचारीको व्यवसायिक हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?