२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

राष्ट्रिय बुद्धिचाल स्पर्धामा रुपेश र सिन्दिराको स्पष्ट अग्रता कायम 

सन्दिप घिमिरे

हेटौंडा । हेटौंडाको होटल सामना सभाहलमा सञ्चालन भइरहेको २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। जसमा एफएम रुपेश जैसवालले ४.५ अंक बनाउदै स्पष्ट १ अंकको अग्रता कायम गरेका छन्। 
     
मंगलबार सम्पन्न भएको खेलमा रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले रुपेश विरुद्ध २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन पुगेका थिए। लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा गएको थियो। 
        
राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन्। खेलमा एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रुतले भक्तपुरका विनय थापा माथि जीत निकाले।
      
स्पर्धामा अन्य तिन जना खेलाडी समान ३ अंकका साथ संयुक्त तेस्रोस्थानमा उभिएका छन्। यसमा दोलखाका आशिष् फूँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी खेलमा टिकि रहेका छन्।
      
यसैगरी १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सम्पन्न हुदा वर्तमान नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छिन्। राष्ट्रिय महिला विजेता सिन्दिरा जोशीले चार जीत र एक खेल बराबर खेल्दै अपराजित रहन सफल भएकी छिन्। 
        
प्रतियोगितामा पहिलो हार व्यहोरेका एञ्जल महर्जन ४ अंक मै सिमित बन्दै दोश्रो स्थानमा रहेकी छिन्। काठमाडौंका एञ्जलले क्रमश: ४ जीत र एक खेलमा हार आत्मसाथ गरेकी हुन्। उनी सँगै काठमाडौं कै बिनिता कपाली ४ अंक बनाई संयुक्त दोश्रो स्थानमा रहन सफल भएकी छिन्। बिनिताले ४ खेलमा जीत प्राप्त गरेकी छिन्। 
      
यस्तै बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमाल समान ३.५ अंक छुदै संयुक्त तेस्रो स्थानमा सम्भावना जगाएका छन्। दुवै खेलाडीले समान ३ जीत र एकमा बराबर खेले।
     
यसैबीच नेपाल बुद्धिचाल महासंघका सल्लाहकार बाग्मती प्रदेश सांसद मा. रामकृष्ण चित्रकारले बुद्धिचाल महासंघको खेल सक्रियता प्रति सन्तुष्ट ब्यक्त गरेका छन्। मा. चित्रकारले बाँकी रहेका ६ चरणको खेल प्रतिस्पर्धा मार्फत राष्ट्रले नयाँ च्याम्पियन प्राप्त गर्ने बताए। 
       
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका थप दुई चरणको खेल बुधबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ भने  प्रतियोगिता १९ गते सम्म चल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?