२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

कञ्चनपुरमा माघ २२ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदै

कञ्चनपुर, १५ माघ : कञ्चनपुरमा माघ २२ देखि फागुन ६ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चारकर्मी संग एक अन्तर्क्रिया कार्यक्रम गर्दै सो कुराको जानकारी गराएको हो ।

उक्त खोप जिल्लाभर झण्डै २७ हजार ७ सय ६५ किशोरीलाई एचपिभी खोप दिईने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । राष्ट्रव्यापी खोप अभियान अन्तर्गत जिल्लामा पनि विभिन्न ठाउँमा खोप दिने तयारी अघि बढाइएको हो ।

सो खोप लगाउनका लागि जिल्लाभर ४ सय २६ खोप केन्द्र रहेका छन् । विभिन्न स्कूलहरूमा र अन्य ठाउँमा गरी खोप लगाइने छ । कञ्चनपुरका सुचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने बताए । उनका अनुसार ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक रहनेछन । १० बर्षदेखि १४ उमेर समुहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई खोप लगाइने छ । सुदूरपश्चिममा २ लाख, १ हजार ९३४ किशोरीलाई खोप दिईनेछ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । जिल्लाभरी मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिह धामीले खोप अभियानमा सबैले प्रचारप्रसार गरेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरले समयमै खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेका छन । साथै खोप लगाइने स्थान र समयको बारेमा सबन्धित विद्यालय वा अन्य कर्मचारीबाट जानकारी गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?