काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष तथा एमाले निकट विष्णु शिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटासहित ५ दर्जन बढी व्यवसायीहरु नेकपामा प्रवेश गरेका छन् । नेकपाले देशव्यापी रूपमा सञ्चालन गरिरहेको ध्रुवीकरण तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत आज आयोजित ध्रुविकरण कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश पछि मन्तब्य राख्ने क्रममा शिवाकोटीले नेपालका सबै नेताहरु टेस्टेड भइसकेकाले अब देशलाई इमान्दार र सच्चा देश भक्त साहसीक लिडरको खाँचो छ । जसको नेतृत्व विप्लव बाहेक अरु कसैले पनि गर्न नसक्ने बताएका छन् ।
उनले ,विप्लवको देश बनाउने विश्वास र जागर आफुले देखेको र विप्लवको उत्पादनको क्रान्ति उदाहरणीय भएको बताउँदै, नेपालका जल श्रोत,खानी , जडिबुटी हरेक चिजको धनी देशबाट भ्रष्ट नेताहरुले विदेशी संग ‘सुनको कचौरा थापेर भिख मागिरहेको बताए ।
देशका ४६ वटा उद्योगहरु, नदी नालाहरु बेचेर खाने पार्टीहरुले देश र जनताको लागि केही गर्छन् भन्ने विश्वास छैन’ अध्यक्ष शिवाकोटीले भने, ‘युवाहरु विदेशीएका छन्, दैनिक एरपोर्टमा लासहरु आउँछ र रुवाबासी हुन्छ, वैदेशिक नीतिमा ह्रास छ, विकासमा गति छैन, भ्रष्टाचार मौलाएको छ, यस्तो अवस्थाले देश बन्दैन, बनाउने जस्तो नेता पनि म देख्दैन, त्यसैले पनि यो देशलाई विप्लव चाहिएको छ ।’
अध्यक्ष शिवाकोटीले यातायता व्यवसायीहरुले नेपालको परिवर्तनका लागि एकपटक विप्लवलाई साथ दिन चाहेको स्पष्ट पार्दैे छिट्टै यातायात व्यवसायीहरुको प्रदेश र केन्द्रको अधिवेशनहरु हुने र त्यसमा साथ दिदै प्रमुख अतिथिको रुपमा विप्लव आईदिन हुन पनि आग्रह गरे ।
प्रवेश गर्ने व्यवसायीहरुमा प्रलाद कार्की, तोक बहादुर खड्का, अनिल सिटौला, किरण लामा, विक्रम मण्डल, उद्धव पण्डित, सुशीला तामाङ, राना तामाङ, पुण्य प्रसाद बराल बिर बहादुर ढकाल परमात्मा शाही,जित बहादुर थापा, धन बहादुर तामाङ, उर्मिला प्रजापति, पुष्पराज पनेरु, कुमार रायमाझी, राजकुमार ठकुरी, विशाल घिमिरे, राम कुमार श्रेष्ठ, छवि निरौला, विर बहादुर मुक्तान, राजकुमार पुडासैनी, विपिन ठकुरी, विकास मगर, शुक्र मगर, नारायण गुरुङ, हिरा बहादुर मगर, विनोद बिमली लगायत ५ दर्जन भन्दा बढी रहेका छन् ।