कञ्चनपुर, माघ ९ : कञ्चनपुरका विद्यार्थी नेता भुवन सिह विष्ट अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिवको दौडमा छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा विद्यार्थी नेता विष्ट दौडमा देखिएका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका निर्वतमान अध्यक्ष एव केन्द्रीय सदस्य समेत रहेका विष्टले अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्य समिति चयनका लागि उपमहासचिवमा उम्मेदवारी दिएका हुन ।
सिद्धनाथ मावि जिमुवा विद्यार्थी जिवनकालदेखि विद्यार्थी राजनीतिमा होमिएका विष्ट १७ बर्षदेखि नियमित विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्दै आएका छन । विष्टले कञ्चनपुरमा पनि विद्यार्थीको हकहितका लागि संघर्ष गर्दै आएका थिए । उनले आफुले केन्द्रीय उपमहासचिवको जिम्मेबारी पाए शैक्षिक विकृती बिसङगती बिरुद्धमा निरन्तर संघर्ष गर्दै आम विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । उम्मेदवारी दिएसंगै प्रचारप्रसारमा खटिएका विष्टले कञ्चनपुर, सुदूरपश्चिम सहित देशभरका मतदाताहरुसंग मत मागिरहेका छन ।