धनगढी । मङ्गलबार धनगढीमा नेपाल कम्युनिस्ट पार्टी द्वारा योजित प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताईएको छ ।

कार्यक्रममा डोटी जिल्लाबाट नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य एवं उपमेयर प्रेम बहादुर शाह, एमाले प्रदेश समिति सदस्य प्रेमसिंह नेपाली, माओवादी केन्द्र जिल्ला सदस्य मान बहादुर विकसहित प्रकाश थापा मगर, कमल रोकामगर, तारा सिंह रम्तेल र कमल घर्ती प्रवेश गरेका छन् ।
कञ्चनपुरबाट माओवादी केन्द्रिय सल्लाहकार कलबहादुर सार्की, रेडियो शुक्लाफाटाका सञ्चालक देवीदत्त ओझा, माओवादी जिल्ला सदस्य मदनसिंह धामी, थारु समुदायका बडघर कृष्ण चौधरी र चुकी चौधरी लगायत, हरी चौधरी, विक्रम राना, विजय राना, मोहनसिंह बिष्ट र दिनेश बिष्ट नेकपामा समाहित भएका छन् ।
त्यस्तै कैलालीबाट माओवादी केन्द्रका नरेश विक, बाधाराम चौधरी, दुर्केश चौधरी, पूर्व जनमुक्ति सेनाका तारा सिंह, हसिना चौधरी, चुन्नुलाल चौधरी र टिसन भुसाल तथा बैतडीबाट खेमराज भट्ट ‘अग्रीम’ नेकपामा समाहित भएको बताइएको छ ।
देशको अवको सम्भावना र नेतृत्व गर्न सक्ने इमान्दार पार्टी नेतृत्व र कार्यदिशा नेकपामा देखेकाले आफूहरु उक्त पार्टीमा
आस्थावान भएको पार्टी प्रवेश गर्नेहरुको धारणा रहेको छ ।
पार्टी कार्यकर्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका नेकपा महासचिव विप्लवले पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए ।














