काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । आजदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।















