सन्दिप घिमिरे
नयाँ दिल्ली । लामो पर्खाइपछि एसीपी प्रद्युमन, दया र अभिजीत फेरि तपाईंको टेलिभिजन स्क्रीनमा फर्किएका छन् । सीआईडी सिजन २ शनिबार (डिसेम्बर २१) राति प्रसारण भएको छ । छ वर्षको अन्तरालपछि, सबैभन्दा लामो समयसम्म चल्ने र लोकप्रिय अनुसन्धानात्मक शो गएको राति सिजन २ सँग फर्किएको हो।
शोको घोषणा भएदेखि नै सोले चर्चा बटुलिरहेको थियो र फ्यानहरू यसको प्रतिक्षामा थिए। सीआईडीले पहिलो पटक १९९८ मा डेब्यु गरेको थियो र अन्तिम एपिसोड २०१८ मा प्रसारण भएको थियो। उक्त टेलिभिजन शोले प्रत्येक एपिसोडमा हुने रहस्यमयी ट्विस्टहरूमार्फत दर्शकहरूलाई मोहित पार्न सफल भएको थियो। शोको चर्चित संवाद ‘दया, ढोका तोड’ र भाइरल भएका मीमहरूले शोको सफलतालाई पुष्टि गर्छन्।