उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण मानन्धरको जित 

सन्दिप घिमिरे

काभ्रे । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । 
                    

काभ्रे जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण मानन्धर विजेता बनेका छन्। श्रीकृष्णले विजेता बने सँगै ट्रफि, नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
                   

बनेपाको नाला स्थित उग्रचण्डी वोर्डिङ्ग स्कुल प्राङ्गणमा सम्पन्न उक्त प्रतिस्पर्धामा छ जना खेलाडीले समान ५ अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय , प्रेम खड्का तृतीय, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं स्थानमा रहदै पुरस्कार हात पार्न सफल बनेका छन्। 
               

काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, उत्कृष्ट  युवा १४ वर्षमा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापति द्वितीय र उत्कृष्ट युवा १६ वर्षमा आर्यन वादे प्रथम , प्रजिल मानन्धर द्वितीय बन्दै पुरस्कार प्राप्त गरेका छन्।
                

यसैगरी उत्कृष्ट छात्रा तर्फ कृपा पौडेलले प्रथम स्थान हात पारे भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेकी छिन्। राइजिङ्ग स्टारका रुपमा आर्यस गिरिले सान्त्वना पुरस्कार जितेका छन्। 
                  

काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्व महासचिव रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि चेस महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई नगद २० हजार पुरस्कृत गरेका थियो। 
                    

उक्त पुरस्कार वितरण समारोहमा बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम शुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री ( बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता अर्को वर्ष पनि निरन्तर हुने भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?