३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

नेकपाले मङ्सिर ७ गते दिपावली गर्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ७ गते बेलुका दिपावली गर्ने जनाएको छ । पार्टी पुनर्गठनको ११ औं दिबसको सन्दर्भमा बेलुका ५:३०बजे पार्टी सम्बद्ध संगठनका निकाय देखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने नेकपाले जानाएको हो।

बिचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रमलाई महासचिव विप्लव लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेबारे यसअघि नै सार्वजनिक गरिएको पोस्टर मार्फत जानकारी दिइएको छ ।

पुनर्गठन दिवसलाई नेपाली क्रान्ति र जनताको पहलकदमीका हिसाबले महत्त्वपूर्ण दिन भएकोले देशभर विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सवको रूपमा मनाउने नेकपाले निर्णय गरेको छ।

काठमाडौको भृकुटीमण्डपमा हुने कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११: ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन समेत गरिने नेकपा पोलिटब्युरो सदस्य एवम् काठमाडौ जिल्ला इन्चार्ज माइला सीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?