काठमाडाैं । झापामा केही दिनअघि देखि बेपत्ता रहनु भएका एक वृद्ध खोलामा मृत अबस्थामा फेला परेको छ ।
गत बुधवार दिउसोदेखि झापा गाउँपालिका वडा नं.४ खयरबारी बस्ने ६५ वर्षीय वृद्ध गणेश बहादुर खत्री बेपत्ता रहेको आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्ने क्रममा शनिवार माई खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



