८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

जनकपुरमा छठका लागि भित्रियो पाँच करोडको केरा

धनुषा : छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा केराको घरी नै चढाइने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए।

उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यो वर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याएको जानकारी दिए।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए। ‘छठ पर्व मनाउनेको संख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो। यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५-३० ट्रक बढी केरा मगाइएको छ, सचिव पूर्वेले भने।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी केरा आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख पर्छ। बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ।

देशभित्र उत्पादन हुनेभन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रबाट आयात गर्ने गरिएको व्यापारी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?