प्रधानमन्त्री ओली विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले आज बिहान अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीविरुद्ध विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

भ्रष्टाचार निवारण ऐन ऐन २०५९ विपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्नसमेत बिवादास्पद व्यापारी गुरुङलाई जिम्मा दिएकोले हदैसम्मको कारबाही गर्नुपर्ने माग उजुरीमा गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको उजुरीमा उल्लेख छ ।

देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको भन्दै उनले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने।’

भाटभटेनी सुपर मार्केटका मालिक गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माण गर्न कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ । उक्त विषय विवादमा परेसँगै एमालेले विभिन्न सञ्जालहरूमा भइरहेको टिप्पणी खेदजनक भएको बताउँदै गुरुङसँग कुनै किसिमको साँठगाँठ र लेनादेना नरहेको प्रस्टीकरण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?