२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ ।

जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।

गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, बागमती, कर्णाली र सुदुरपश्चम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि कोसी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोसी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?