पत्रकार सुमन श्रेष्ठ अभिनन्दित

काठमाडौ । पत्रकार सुमन श्रेष्ठ (सर्गम )अभिनन्दित भएका छन् ।१८महिनापछि भोजपुर कारागारबाट रिहाई भएको सन्दर्भमा जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट उनलाई आइतबार काठमाडौमा अभिनन्दन गरिएको हो।

खुला आकाशमा स्वागत गर्दै संगठनको तर्फबाट अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्टले खादा लगाएर अभिनन्दन गरेको बताएका छन् ।

भोजपुरको अरुण गाउँपालिका वडा न ४ निवासी श्रेष्ठलाई २०७९ कात्तिक ३० गते आमनिर्वाचनको क्रममा पक्राउ गरि बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा पुर्पक्षका लागि जेल चलान गरि थियो भने २०८१ बैशाख ३० गते जिल्ला अदालत भोजपुरको फैसला पछि उनलाई रिहा गर्न आदेश दिइएको थियो।

डेढ दशक देखि जनपक्षीय पत्रकारिता आन्दोलन र पत्रकारिता कर्ममा संलग्न श्रेष्ठलाई राज्यले राजनीतिक आस्थाका आधारमा मुद्दा चलाएको थियो।श्रेष्ठ जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?