२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

चन्दननाथ नगरपालिकामा नगर प्रहरीको व्यवस्था

जुम्ला। स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ। प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढाको नेतृत्वमा १४ जना नगर प्रहरी भर्ना गरेको हो।

नगर प्रहरी नहुँदा नगर क्षेत्रको शान्ति सुरक्षा बलियो हुन नसकेको, विपद् तथा प्रकोपमा राहत तथा उद्धारको काम छिटोछरितो गर्न नसकिएको र बजार तथा फोहोरमैला व्यवस्थापन गर्न नसकिएको नगरपालिकाले जनाउँदै आएको थियो।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गण हेडक्वाटर जुम्लाले नगर प्रहरीको भर्ना छनोटदेखि आधारभूत तालिम समेत दिएको थियो। १ सय २८ जनाले आवेदन दिएकामा चार जना महिला र १० जना पुरुष नगर प्रहरीमा छनोट भए।

मंगलबार एक कार्यक्रम गरेर उनीहरूलाई दीक्षित गरेपछि कार्यक्षेत्रमा परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?