२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

नेशनल हाइड्रोपावर कम्पनी चुर्लुम्मै घाटमा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी २ करोड ४९ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा परी ओरालो लागेको छ ।

उक्त कम्पनीको गत आर्थिक वर्ष २०८०|८१ मा साढे दुई करोड नोक्सानीमा भएको छ भने अघिल्लो आवमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

आइतबार कम्पनीले प्रकाशन गरेको गत आव को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाइड्रोको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढेको हो । अघिल्ले आवमा कम्पनीले ४ करोड ६८ लाख २९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, गत आवमा आइपुग्दा भने १४.११ प्रतिशत घटेर ४ करोड २ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनी वित्तीय खर्च १४९.२८ प्रतिशत बढेर ६२ लाख ७२ हजार रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १.०१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ९५ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?