२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा समाहित

ललितपुर । जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । आज हरिसिद्दिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा उनलाई खादा ओढाइ -फुल प्रदान गरि नेकपामा स्वागत गरिएको हो ।

प्रवेशिकाहरुलाई स्वागत गर्दै नेकपा महासचिव विप्लवले नेपाली विशेषताको समाजवादले मात्रै आजका समस्या र मुद्दाहरूको समाधान हुने भएकोले उक्त अभियानमा देशका सबै युवा प्रतिभाहरु जोडिनुपर्ने बताए।

जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा समेत चर्चित हुनुभएका कलाकार खगेन्द्र बिश्वकर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको हो । नेकपा(माओवादी केन्द्र) निकट जनकलाकार संगठनको केन्द्रमा कार्यरत उहाँ सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका-५, निवासी हुनुहुन्छ । आजको नेपाली राजनीति परिस्थितिमा देशलाई नेकपा र यसको नेतृत्व विप्लवले मात्र निकास दिन सक्ने निश्कर्ष सहित आफू नेकपामा ध्रुविकृत भएको कलाकार खगेन्द्रले प्रतिक्रिया दिएका छन् ।

यसैगरी दैलेख महाबु गाउँपालिका – ३ बाँसी निवासी पदम प्रसाद जैसी, सोही पालिका निवासी देव बहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका – ५ निवासी कृष्ण कुमार बुढाथोकी समेत उक्त कार्यक्रममा नेकपामा समाहित भएका छन् ।

पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु रामलाल सी, अडिग सी, सुदर्शन सी, सुर्खेत जिल्ला सचिव जीत सी रअखिल नेपाल लेखक संघ केन्द्रीय कोषाध्यक्ष प्रतिबद्धको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?