२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

हेटौडामा बन्द रहेका राष्ट्रिय उद्योगहरु सञ्चालन गर्न माग गर्दै युवाहरुको प्रदर्शन

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले बन्द रहेका राष्ट्रिय उद्योगहरु यथाशिघ्र सञ्चालन गर्न माग गर्दै हेटौडामा प्रदर्शन गरेका छन । युवा संगठन नेपालको आयोजनमा सोमवार भएको युवाहरुको प्रदर्शन हेटौडा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

युवाहरुले नेपालका दलालहरुले राष्ट्रिय उद्योगहरु बेचर खाएको भन्दै कोणसभामा कडा आपत्ति जनाएका छन् ।
युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले कोणसभालाई सम्वोधन गर्दै नेपालका दलालहरुले हेटौडा लगायत देशका विभिन्न ठाँउमा रहेका राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कडा विरोध गरे ।

उनले तत्काल नेपाल सरकारले उद्योग सञ्चालनको लागि एउटा समिति बनाएर बन्द उद्योग सञ्चालन गर्न माग गरे । उनले युवा युवतीहरुलाई सचेत गराउदै दलालहरुले विदेश पठाउने वहानमा युवा युवतीहरुलाई ठग्ने गरेको भन्दै म्यानपावरहरुलाई त्यस्तो नगर्न कडा चेतावनी दिए ।

अध्यक्ष दिनेशले भने‘युवा युवतीहरुलाई विदेश पठाउने वहानामा ठगीएको छ,यो देशमा दलालहरु विरुद्ध लड्ने युवा पनि छ, हेक्का रहोस,हामी दलालहरुलाई कार्वाही गर्न वाध्य हुनेछौ । दलालहरुलाई उद्योग वेचर खान पाईदैन,युवा युवतीहरुलाई विदेशमा बेच्न पाईदैन,उद्योगहरु नेपालमै सञ्चालन गरी रोजगारी सृजना गर्न यथाशिघ्र माग गर्दछौ ।’उनले समाजवाद विना बन्द उद्योगहरु सुचारु हुन मुस्कील भएको पनि जिकिर गरे ।

उनले युवा संगठन नेपाल र यसको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी ०८४ पछि नयाँ शक्तिको रुपमा उदयमान हुने दाबी पनि गरे । उनले समाजवादी व्यवस्थाले मात्र वेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने र राष्ट्रिय उद्योगहरुको विकास हुने भन्दै समाजवादका लागि युवाहरु एकतावद्ध हुनुपर्ने बताए ।
कोण सभाकार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले गरेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्य पारस सी, हिमाल सी, रमेश सी लगायतका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?