२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका-२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो । दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?