७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको कसरी भयो मृत्यु ?

बिर्तामोड । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।

यही साउन १३ गते मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट खड्काको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित खड्कालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बरामद खैरो हेरोइनसहित खड्कालाई कारबाहीका लागि लागूऔषध मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।

यद्यपि, बुधबार बिहान १ः४० बजेको समयमा स्वास्थ्य समस्या देखिएपछि खड्कालाई तत्काल आम्दा अस्पताल धुलाबारी झापा लगिएको थियो । खड्काको उपचारकै क्रममा १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा थप आवश्यक कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?