नेकपाका महासचिब बिप्लव राजनीतिक छलफल सँगै असारे खेतीमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्र विक्रम सी (बिप्लव) असारे रोपाइँमा व्यस्त रहेका छन् । उनी असार १५ मा चितवनको माडीबाट रोपाइँ महोत्सवको उद्घाटन गरेका नेकपाका महासचिव विप्लव चितवनको रोपाइ सकेर काठमाडौं पुगे ।

काठमाडौंमा तिव्र राजनीतिक भेटघाट सकेर कपिलवस्तु केन्द्रीय कार्यलय पुगी केही दिन कपिलवस्तु रोपाइँमा सहभागी भए ।
पार्टीद्वारा सञ्चालित जनकम्युनमा रोपाइँमा सक्रियतापुर्वक लागेका विप्लव असारको अन्तिम हप्ता सुनसरी जिल्लाको रामधुनि नगरपालिका ४ को मानपुर पुगेर केन्द्रिय उत्पादन केन्द्रमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।

४ बिघा क्षेत्रमा गर्न लागिएको रोपाइँमा महासचिव विप्लव आफैं सहभागी भई पुर्वी नेपालबाट क्रान्ति र उत्पादनको संयुक्त सन्देश दिने कार्यक्रम रहेको विप्लवसंगै पुर्वी नेपाल रहेका पार्टी पिबिएम असल सीले बताए ।

सुनसरीमा धान रोपाई कार्यक्रम उद्घाटन गर्दै महासचिव विप्लव सीले क्रान्ति र उत्पादनलाई सँगै लैजाने पार्टीको नीति रहेको बताए । देशलाई समाजवादी अर्थनीतिमा रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड गरिएको उल्लेख गरेका थिए ।
रोपाइँ कार्यक्रममा पार्टीका पिबिएम असल सी, केन्द्रिय उत्पादनका सदस्य तथा रामधुनि शाखाका इन्चार्ज सुमन सीको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न जिल्लाका नेता कार्यकर्तासहित स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?