बारा। बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रा. लि. ले रोपाइँ राइड सफलतापूर्वक सम्पन्न गरेका छन्।
यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा शनिबार बिहान ७:३० बजे वीरगन्जस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो।
यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्त्वलाई उजागर गर्दै कृषिको व्यावसायिकता प्रवर्धनमा टेवा पुगोस् र कृषिमा आधुनिकीकरण रहोस् भनी जागरण गर्नु थियो।
ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरुले रोमाञ्चक अनुभव संगालेको कम्पनीले जनाएको छ।
नोभस ब्रदर्स प्रालिका प्रबन्धनिर्देशक अनुप अग्रवालले सहभागी भएका सबै बाइकप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रालिका नेशनल कार्ट हेड दिपेश श्रेष्ठले सेफ राइडिङ र रोड क्याप्टेनका भूमिका निर्वाह गरे।