५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

राष्ट्रिय राजनीतिमा साम्राज्यवादको नाङ्गो हस्तक्षेप : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले नेपालको राष्ट्रिय राजनीतिमा साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट जबसहरुको संयुक्त छलफल कार्यक्रममा बोल्दै प्रवक्ताले सो कुरा बताएका हुन् ।

बागमती प्रदेश स्तरीय ५ वटा जनवर्गीय संगठन र जातीय मोर्चाको संयुक्त कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा साम्राज्यवादको नाङ्गो हस्तक्षेप र देशका युवाहरुको डरलाग्दो पलायनता बढेको हुँदा अब नेकपाका नेताकार्यकर्ताहरुले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।


उनले “देश र जनताको स्वाधीनता तथा मुक्ति आन्दोलनका साथै अग्रगामी परिवर्तनको लागी नेकपाका नेताकार्यकर्ताहरुलाई फौजी अनुशासनमा रहेर जनताको सेवा गर्न निर्देशन पनि दिएका छन् ।

व्यवस्था परिवर्तन र राष्ट्रियताका निम्ति अझ उचाइबाट सहकार्य र संघर्ष गर्नुपर्ने स्पष्ट पार्दै कम्युनिस्ट, गणतन्त्रवादी, इमानदार, देशभक्त र प्रगतिशील शक्तिहरुसंग सहकार्य गर्न घेरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिएका छन् ।

मन्तव्य राख्दै उपस्थित सम्पूर्ण वक्ताहरुले “सामाजिक अन्तरविरोधको पहिचान गरी मुद्दाको आधारमा एकले अर्कोसंग सहकार्य गर्दै एकीकृत कार्यदिशा अन्तर्गतको सँगठन विस्तार गरी आन्दोलनलाई सफल बनाउनु पर्नेमा जोड दिएका थिए । ”

श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी, केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पदम सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज विश्लेषण सी ले कार्यक्रममा मन्तव्य राखेका थिए ।

त्यसैगरी अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी, महासचिव प्रकाश सी, उत्पादन तथा आइटी प्रमुख कपिल सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव राजकुमारी सी, केन्द्रीय सदस्य मीना सी, समाजवादी ट्रेड युनियनका केन्द्रीय सह-इन्चार्ज जीवन्त सी, केन्द्रीय अध्यक्ष टेक सी, उपाध्यक्ष नारायण सी लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको छ ।

बागमती प्रदेश समिति स्तरीय युवा संगठन नेपाल, अखिल (समाजवादी)अखिल नेपाल महिला संघ (क्रान्तिकारी), समाजवादी ट्रेड युनियन र श्रमिक समुदाय मोर्चाहरुका नेताकार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?