१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

आजको मौसम

काठमाडौं । देशका पाँच प्रदेशमा मनसुनको प्रभाव रहेको छ भने केही भूभागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ। जल तथा मौसम विभागका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मनसुन फैलिन सकेको छैन ।

मनसुन र पश्चिमी वायुको प्रभावले कोशी,बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती,कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको आकलन छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका केही स्थानमा भने आज अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति कोशी, मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?