८ जेष्ठ २०८२, बिहिबार
८ जेष्ठ २०८२, बिहिबार

ट्रम्पलाई टिमोथी मेलनद्वारा पाँच करोड डलर चन्दा

अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको प्रचारका लागि पाँच करोड डलर चन्दा दिएकोे जनाइएको छ

ट्रम्पका लागि काम गर्दै आएको ‘एमएजीए इंक’ नामक सुपर–प्याक फन्डले चुनाव आयोगलाई गत महिनामा आमनगरिकबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै पिट्सबर्गस्थित मेलन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएको समाचारमा उल्लेख गरेको छ ।

यस्तै अर्बपति लिज र डिक उइहलिनले पनि ट्रम्पलाई एक करोड डलर चन्दा दिएका छन् । अमेरिकी मिडियाका अनुसार ट्रम्पलाई न्युयोर्क हश–मनी केसमा दोषी ठहर गरेको एक दिनपछि मेलनले चन्दा पठाएका थिए ।

मेलनले राष्ट्रपतिका स्वतन्त्र प्रत्यासी रोबर्ट एफ केनेडी जुनियरलाई पनि दुई करोड डलर चन्दा दिएका छन् । मेलनद्वारा उपलब्ध गराइएको चन्दाबाट पछिल्ला केही सातामा ट्रम्पको टिमले चुनाव प्रचार–प्रसारमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?