सामाजिक सञ्जाल एक्समा पोर्न तथा एडल्ट कन्टेन्ट पोस्ट गर्न पाउने सुविधा

काठमाडौं । सामाजिक सञ्जाल एक्समा अब प्रयोगकर्ताले पोर्न तथा एडल्ट कन्टेन्ट पोस्ट गर्न पाउने भएका छन् । ऐलन मस्ककोे x मा सोमबार एक पोस्ट राख्दै कन्टेन्ट नियमन गर्ने आफ्नो नियममा परिवर्तन गरेको जानकारी दिएको हो । यससँगै अब सबै प्रयोगकर्ताले उक्त साइटमा एडल्ट कन्टेन्ट पोस्ट गर्न सक्नेछन् ।

एक्समा रिब्रान्ड हुनुअघि यो प्लेटफर्मले स्पष्ट रूपमा अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाएको थिएन । पछि ट्वीटर ब्लु (अहिलेको एक्स प्रिमियम) सेवा आएपछि उक्त सब्सक्रिप्सन लिएका क्रियटरले अश्लील कन्टेन्ट राख्न पाउने भए । त्यस्ता कन्टेन्ट हेर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्थ्यो । यो ठ्याक्कै ‘वन्ली फ्यान्स’नामक प्लेटफर्मको जस्तै सुविधा थियो ।

ट्वीटर मस्कको स्वामित्वमा गएर एक्स बनेपछि भने त्यही अश्लील कन्टेन्टबाट आम्दानी गर्न नीति परिवर्तन गरिएको बताइएको छ ।

यस्ता कन्टेन्ट राख्न सबैभन्दा पहिले प्रयोगकर्ताले एक्सको प्रिमियम सेवा लिनुपर्ने हुन्छ । त्यसपछि भिडिओ राख्दा प्रयोगकर्ताले संवेदनशील कन्टेन्ट लेबल लगाउनुपर्ने हुन्छ । डिफल्ट रूपमा यस्ता कन्टेन्ट १८ वर्ष मुनिका प्रयोगकर्ताले हेर्न पाउने छैनन् ।

त्यसबाहेक यौन दुर्व्यवहार गरिएको, नाबालक वा नाबालिका देखाइएको अथवा आपराधिक लाभ लिन खोजिएको देखिए त्यस्ता भिडिओ नयाँ नीतिले प्रतिबन्ध लगाउनेछ । कम्पनीका अनुसार अश्लील फोटो वा भिडिओ प्रोफाइल पिक्चर वा ब्यानरमा भने राख्न पाइने छैन ।

सञ्चार संस्था रोयटर्सका अनुसार २०२२ मा मात्रै एक्समा पोस्ट भएका मध्ये १३ प्रतिशत एडल्ट कन्टेन्ट थिए । एक्सको नयाँ नीतिले यो संख्या अझ धेरै बढ्ने अनुमान गरिएको छ । त्यसबाहेक पछिल्लो समय डिपफेक प्रविधिको दुरुपयोग गरी अश्लील भिडिओ बनाइएका हुन्छन् । यस्ता भिडिओलाई एक्सले कसरी नियमन गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?