कञ्चनपुर , जेठ ११ : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले आई .पी.भी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । यही जेठ १३ गते देखि २३ गते सम्म जिल्लाव्यापी रुपमा कार्यालयले खोप अभियान चलाउने भएको हो ।
२०७३ देखि २०७५ सालमा जन्मेका बच्चाहरुलाई अहिले आएर स्वास्थ्य कार्यालयले खोप लगाउने बताएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार ,“ उक्त समयमा विश्वव्यापी रुपमा खोप अभाव हुँदा नेपालमा पनि नियमित पोलियो खोप लगाउन नसकेको हुँदा अहिले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।”
२०७३ वैशाख देखि २०७५ आश्विन सम्म जन्मेका बच्चाहरुलाई खोप अभावका कारण पोलियो खोप लगाउन सकिएको थिएन । सो समयमा जन्मेका बच्चाहरुलाई हाल देशव्यापी रुपमा खोप लगाईदै छ । राष्ट्रिय अभियान अनुरूप कञ्चनपुरमा पनि खोप कार्यक्रम सञ्चालन गरिदै छ । नेपाल पोलियो रोग मुक्त देशको सूचीमा रहेको भएता पनि उक्त समयमा छुटेका बालबालिकालाई खोप नलगाउँदा पोलियोको जोखिम बढ्ने हुँदा यो अभियान सुरु गरिएको हो ।
विभिन्न विद्यालय र स्थानीय तहको विवरण अनुसार कञ्चनपुरमा जम्मा करिब ३३ हजार ९ सय ४२ बालबालिकालाई पोलियो खोप दिइने लक्ष्य रहेको स्वास्थ कार्यालय कञ्चनपुरके जनाएको छ । सबै अभिभावकले आफ्ना छोराछोरीलाई तोकिएको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख उद्धव ठगुन्नाले आग्रह समेत गरेको छन ।
जिल्ला भरि जम्मा ५८५ वटा खोप केंद्र रहने छन् । कार्यालयले पत्रकारहरु संगको अन्तरकृया गर्दै सो कुराको जानकारी गराएको हो ।