विवाहकोे एक सातामै पत्नीले दिइन् वैवाहिक बलात्कारको उजुरीफाइल

काठमाडौँ । विवाह गरेको एक सातामै पत्नीले वैवाहिक बलात्कार गरेको आरोप लगाएपछि काठमाडौँको नयाँ बानेश्वर बस्ने ३५ वर्षीय पुरुष हिरासतमा पुगेका छन् । जापानमा करिब ७ वर्ष बसेर फर्केकी ३२ वर्षीया युवतीसँग उनले ७ वैशाखमा विवाह गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर सहभाागिता मार्गस्थित डेरामा बस्ने उनीविरुद्ध पत्नीले प्रहरी वृत नयाँ बानेश्वरमा जाहेरी दिइन् । वैवाहिक बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरी वृत नयाँ बानेश्वरले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । आरोपीलाई जिल्ला अदालत काठमाडौँले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

आरोपी र पीडित सामाजिक संजालमार्फत सम्पर्कमा थिए । नेपाल फर्केपछि पीडित र आरोपीबिच बत्तिसपुलतीस्थित द ग्रिलनेशन रेष्टुरेण्टमा विवाह भयो । विवाह भएको दिन शारीरिक सम्पर्क नभएको र भोलिपल्ट एक पटक सहमतिमा शारीरिक सम्पर्क भएको आरोपीले बयान दिएका छन् । तर, विवाह गरेको एक सातामा अर्थात १३ वैशाखमा उनीहरूबिच मनमुटाब सुरु भयो ।

आफ्नो बुवासँग पत्नीले ‘कार्यालयमा लेडिज स्टाफहरुसँग सम्बन्ध रहेछ’ भनेपछि मनमुटा सुरु भएको आरोपीले प्रहरीलाई बयान दिएका छन् । बयानमा भनेका छन्,‘१४ गते बिहान पीडितलाई उनको दिदीले घर कुर्न बोलाएपछि मैले नै छाडेर आएँ, त्यसपछि मेरो विरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता गरिछन् ।’

सहभागिता मार्गस्थित डेरामा इच्छा विपरीत नव दुलाहाले आफूलाई ‘जबरजस्ती करणी’ गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा भनिएको छ,‘वैशाख ८ गते रातिदेखि मलाई इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन्, करणी गर्न नमान्दा चिमोट्ने, कुटपिट गर्ने र अन्तिम पटक १३ वैशाखमा करणी गर्न खोजेपछि मैले ‘म सक्दिनँ’ भन्दा कुटपिट गरे ।’

प्रतिवादी पुरुषको ३ वर्षअघि डिभोर्स भएको थियो । उनीहरू दुवैले दोस्रो विवाह गरेको हुन् । परिवारमार्फत चिनजान भएपछि सोसल मिडिया मार्फत कनेक्ट भएर कुराकानी गरेको र विवाह गरेको पुरुषले प्रहरीसँगको बयानमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?